जय नेपाल हलको कम्पाउण्डमा डोजर चलाउँदा भेटियो टुकुचा खोला
काठमाडौं, भदौ ३० । अनधिकृत भौतिक संरचना भत्काउने क्रममा रहेको काठमाडौं महानगरपालिकाले बिहिबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्डमा डोजर लाएर खन्दा टुकुचा खोला फेला पारेको छ।
महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पाउन्डभित्र डोजर चलाएको थियो । १५ फिट गहिरो खनेपछि टुकुचा खोला भेटिएको हो । खोला यहाँबाट गायब भएर कमलादीमा निस्कन्छ ।
महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय