काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई स्याबासी दिनुभएको छ।
अनधिकृत भौतिक संरचना भत्काउने क्रममा रहेको काठमाडौं महानगरपालिकाले बिहिबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्डभित्रै खन्दा टुकुचा खोला फेला परेपछि थापाले ट्विट गर्दै टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै धन्यवाद दिनुभएको हो। उहाँले सानोमा टुकुचा खोलामा पौडी खेलेको बताउदै लेख्नुभएको छ -
स्याबास बालेन! स्याबास सुनिता!
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि @ShahBalen
@SunitaDangol10
लाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना