भुटानलाई ८-० को सानदार जित निकाल्दै बङ्ग्लादेश साफ च्याम्पियनशिपको फाइनलमा
आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी ५:३० मा सुरु हुनेछ
काठमाडौं, भदौ ३१ । दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा बङ्ग्लादेशलको जितमा कप्तान सविना खातुनको ह्याट्रिक संगै भुटानलाई ८-० गोलको फराकिलो अन्तरले हराउँदै बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । बंगलादेशले दुवै हाफमा ४-४ गोल गरेको थियो।
यसअघि सन् २०१६ मा फाइनलमा पुगेको बङ्ग्लादेश भारतसँग ३-१ गोलले पराजित भएको थियो । योसँगै बङ्ग्लादेश दोस्रो पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
यसैबीच आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी ५:३० मा सुरु हुनेछ । बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीच आज साँझ हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय