Kath khabar
बालेन साहको राष्ट्रपति र माधवकुमार नेपाललाई प्रश्न - "अब कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?"

 

                काठमाडौं, असोज १। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गर्नुभएको छ ।

साहले काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको विषयलाई लिएर प्रश्न गर्नुभएको हो । साहले आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले  सम्झौता गरेर पनि समाधान गर्न नसकेको बताउदै भन्नुभएको छ -

"आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।"

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update