अहिलेसम्म क-कसले विश्वकप जिते ?
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले ८ पटक फाइनल खेलेको छ भने ब्रजिलले ७ पटक फाइनल खेलेको छ
काठमाडौं, असोज २ । सन् २०२२ को विश्वकप फुटबल यही नोभेम्बरदेखि कतारमा हुन गइरहेको छ। हरेक ४ वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो। कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो।
अहिलेसम्म क-कसले विश्वकप जिते त ?
- ब्रजिल : ५ पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
- जर्मनी : ४ पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
- इटली : ४ पटक (सन् १९३४, १९३८, १९८२, २००६)
- आर्जेन्टिना : २ पटक (सन् १९७८, १९८६)
- फ्रान्स : २ पटक (सन् १९९८, २०१८)
- उरुग्वे : २ पटक (सन् १९३०, १९५०)
- स्पेन : १ पटक (सन् २०१०)
- इङ्गल्यान्ड : १ पटक (सन् १९६६)
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले ८ पटक फाइनल खेलेको छ भने ब्रजिलले ७ पटक फाइनल खेलेको छ।इटलीले ६ पटक र आर्जेन्टिनाले ५ पटक फाइनल खेलेका छन्।
फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स (३ पटक), चेकोस्लोभाकिया र हङ्गेरी (२-२ पटक) र स्वीडन र क्रोयशिया (१-१ पटक) रहेका छन्।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय