Kath khabar
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

             काठमाडौं, असोज २ ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । आज (आइतबार) बिहान देशभर सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि मौसम सामान्यतया सफा रहने भएको छ ।त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update