Kath khabar
महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

 

             काठमाडौं, असोज ३ ।  महिला साफ च्याम्पियनसिपको फाइनल खेल आज सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।  नेपाल र बंगलादेशका महिला टोलीले पहिलो पटक फाइनलमा खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेको छ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको टिमका मुख्य प्रशिक्षक कुमार थापाले बताउनुभएको छ । यस्तै नेपाल बलियो भएपनि फाइनलका लागि आफूहरुले त्यसै अनुसारको तयारी गरेको बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले बताउनुभयो ।

यसअघि नेपाल ४ पटक फाईनलमा पुगेर उपविजेता बनेको टोलि हो भने बंगलादेश एकपटक फाईनलमा पुगेको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update