Kath khabar
नेपाली गीतसंगीत क्षेत्रका दिग्गज श्रष्टा श्री शुभ बहादुर सुनामको असामयिक निधन
तस्विर : महेश्वर मान राजभण्डारी

              काठमाडौं, असोज ३ ।  नेपाली संगीत क्षेत्रका माहान सिद्धहस्त वरिष्ठ संगीतकार, पूर्ब नेपाली सेनाका साहायक रथी, संगीत सम्योजक, बाद्ध्यबाधक  तथा एरेन्जर अति श्रद्देय अग्रज श्रष्टा श्री शुभ बहादुर सुनाम ज्यू आज विहान ४:३० वजे भौतिक रुपले सदाका लागि बिदा हुनु भएको छ।

उँहाले पुर्याउनु भएको अतुलनीय संगीतको योगदान नेपाल र नेपाली संगीतको आकशमा सदैब ध्रुब तारा झै चम्किरहने छ। फुलै फुलको मौसम तिमी लाई, रेलीमाई रेलीमाई, हुँ यात्री एउटा जस्ता सयौं चर्चित गीतका वरिष्ठ संगीतकार तथा सेक्सोफोन बाद्यबाधक आदरणीय श्री शुभ बहादुर सुनाम ज्यूको पार्थिव शरीर पशुपतिको आर्यघाटमाअन्त्येष्टि गरिँदैछ ।

उँहाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update