Kath khabar
‘ऐना झ्यालको पुतली’ एकेडेमी अफ मोसन साइन्स एन्ड आर्टस् एन्ड साइन्स (अस्कर )मा

                काठमाडौं, असोज ३ ।  नेपालको इन्टरनेसनल फिचर फिल्म कमिटीले एकेडेमी अफ मोसन साइन्स एन्ड आर्टस् एन्ड साइन्स (अस्कर)को ९५ औँ संस्करणका लागि  ‘ऐना झ्यालको पुतली’ लाई पठाउने निर्णय गरेको छ ।

विद्यार्थी बन्न नपाएका विद्याहरूको कथा, गाउँमा मावि स्कुल नहुनु,  १-२ हजार रुपैयाँ पनि गाउँमा जुटाउन कठिन हुनु,  छोरीलाई टाढा पठाउन नचाहनु,  टाढा हुँदा पोइल जान्छन् भन्ने सोच हुनु,  तीतो यथार्थ पस्किइएको सिनेमा ‘ऐना झ्यालको पुतली’ मा बालबालिकाको मन कति चोखो हुन्छ ? आँखा कति चंख हुन्छन् ? ओठ कति सत्य हुन्छ ? शैली कस्तो सुन्दर हुन्छ ? बालबालिकाको आँखाबाट चिहाइएको यो सिनेमामा समेटिएको छ ।

अनावश्यक कारुणिक बनाउनलाई मान्छे मार्ने, दुर्घटना गराउने काम नगरिएको यसमा भट्टीको दृश्यबिना पनि जँड्याहा देखाउन सकिन्छ,  गरिबी शब्द उच्चारण नगरी चरम गरिबी देखाउन सकिन्छ भनि सरल कथामा विशिष्ट छाप छोड्ने ‘ऐना झ्यालको पुतली’ लाई अमर महर्जनले छायांकन गर्नु भएको छ भने पुष्पसंगमको संगीतले सजिएको तथा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको ‘ऐना झ्यालको पुतली’मा कन्चन चिमरिया, दिनेश खत्री, सिरु बिष्ट, अशोक सिवाकोटी, बिशा चामलिंग राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, राज थापा, पदम प्रसाद पौडेल आदिको अभिनय देख्न सक्छौ ।  

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update