Kath khabar
लभांश दिने सार्वजनिको संस्थाको अग्रपंक्तिमा नेपाल दुरसञ्चार कम्पनी र आयल निगम

काठमाडौं, जेठ १५ । सार्वजनिक संस्थाहरु मध्ये सबैभन्दा बढी लाभांश दिनेमा नेपाल दुरसञ्चार कम्पनी र आयल निगम लिमिटेड रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

नेपाल सरकारले गरेको शेयर लगानीको प्रतिफलस्वरुप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त हुने गर्दछ । यस्तो लाभांश रकम आर्थिक वर्ष २०७२/७३ मा ७ अर्ब ८१ करोड  १४ लाख रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १४ अर्ब नौ करण ९५ लाख रुपैयाँ छ । यसरी हेर्दा विगत ५ वर्षमा लाभांश् रकम उल्लेख्य वृद्धि भएको देखिन्छ। तर, कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०७६/७७ मा ४.८८ प्रतिशतमात्र प्रतिफल प्राप्त भएको छ। लभांश कुल ५ वटा सार्वजनि संस्थानबाट मात्र प्राप्त भएको र यसको ४३.८२ प्रतिशत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा ३६.५७ प्रतिशत नेपाल आयल निगम लिमिटेडबाट प्राप्त भएको छ । 

विगत पाँच आर्थिक वर्ष अवधि मध्ये आर्थिक वर्ष २०७२/७३ मा सेवा क्षेत्रबाट ४२ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ८६ करोड २० लाख, वित्तिय क्षेत्रबाट ९४ करोड ५१ लाख गरी कुल ७ अर्ब ८१ करोड १४ लाख ।

आर्थिक वर्ष २०७३/७४ मा व्यापारिक क्षेत्रबाट १४ करोड ५४ लाख, सेवा क्षेत्राट ८१ लख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ९९ करोड ९२ लाख, वित्तीय क्षेत्रबाट ६२ करोड ४२ लाख गरी कुल सात अर्ब ७७ करोड ७० लाख लाभांश प्राप्त गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा सेवा क्षेत्रबाट एक अर्ब ६४ करोड ३१ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८१ लख, वित्तीय क्षेत्रबाट ७० करोड ३६ लाख गरी कुल नौ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो।

आर्थिक वर्ष २०७५/७६ मा व्यापारिक क्षेत्रबाट ५६ करोड पाँच लाख, सेवा क्षेत्रबाट ३८ करोड २३ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८२ लाख, वित्तीय क्षेत्रबाट ९७ करोड ९९ लाख गरी कुल नौ अर्ब ४७ करोड १० लाख लाभांश प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा व्यापरिक क्षेत्रबा पाँच अर्ब १५ करोड ४७ लाख, सेवा क्षेत्रबाट २५ करोड ७४ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब १७ करोड ७७ लाख, वित्तीय क्षेत्रबाट दुई अर्ब ५० करोड ९७ लाख गरी कुल १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त गरेको थियो ।
यस्तै सोहि पाँच आर्थिक वर्षको अवधिमा औद्योगिक र सामाजिक क्षेत्रबाट (शून्य प्रतिशत) लाभांश प्राप्त भएको छैन । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update