Kath khabar
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक थापाद्धारा प्रशिक्षक पद‌ त्याग्ने घोषणा

 

              काठमाडौं, असोज ३। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गर्नुभएको छ।
प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पत्रकार सम्मेलन गर्दै थापाले टिम छाडेको घोषणा गर्नुभएको हो ।

यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षक पद‌को जिम्मेवारी पाउनुभएका थापाले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने घोषणा गर्नुभएको हो ।  उपाधि जिताउन नसकेकोमा माफी माग्दै उहाँले भन्नुभयो ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु। आजैको दिनदेखि यो टिम छोड्छु ।’

यस पटक भारतलाई सेमिफाइनलमा हराएर फाइनलमा प्रवेश गरेको नेपाल फाइनलमा बङ्ग्लादेशसँग तीन–एक गोलले पराजित भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update