Kath khabar
चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा पोष्ट नगरौ : जिल्ला प्रहरी परिसर

 

                       काठमाडौं, असोज ४। प्रहरीले दशैँ तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना आजदेखि लागू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्न सबैलाई अनुरोध गरेको छ ।

प्रहरी परिसरले विद्युतिय माध्यमबाट मात्र कारोबार गर्न तथा धम्किपूर्ण फोन आएमा रेकर्ड गरी फोन नं. सहित प्रहरीलाई खबर तथा आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ ।

लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गर्न तथा सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update