Kath khabar
मेक्सिकोमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 

                 वासिङ्टन, असोज ४ । अमेरिकाको मेक्सिकोस्थित प्रशान्त तटीय क्षेत्रमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर ५ मिनेटमा भूकम्प गएको हो । सोमबार आएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पमा भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । भूकम्पको केन्द्रविन्दु अक्विलाबाट ३७ किलोमिटर दक्षिणपूर्वमा कोलिमा र मिचोआकान राज्यहरूबीचको सिमानामा १५.१ किलोमिटर गहिराइमा रहेको थियो।

स्मरण रहोस्, मेक्सिकोमा सन् १९८५ र २०१७ मा एउटै दिन (सेप्टेम्बर १९) मा भूकम्पको धक्का महसुस गरिएको थियो । सेप्टेम्बर १९, १९८५ को भूकम्पमा हजारौंको ज्यान गएको थियो भने सेप्टेम्बर १९, २०१७ को भूकम्पमा ३५० भन्दा बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update