Kath Khabar
कोभिड खोपको लागि २६ अर्ब बजेट विनियोजन

काठमाडौं,जेठ १५ । आगामी आर्थिक वर्ष बजेटमा कोभिड १९ को खोपको लागि सरकारले २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै उपचारमा संल्ग्नलाई सरकारले भत्ताको व्यवस्था गरको छ । कोभिड उपचारका लागि आवश्यक उपकरणका लागि भन्सार तथा मुल्य अभिवृद्धि कर समेत छुट गरेको छ ।

यस्तै सुरुवा रोग नियन्त्रणका लागि स्थापना गरिने अस्पतालका लागि १ अर्ब भन्दा बढी विनियोजन गरिएको छ । कोभिडका लागि खटिएका चिकित्सक, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुका लागि यसअघिको सेवा सुविधालाई निरन्तरता दिइएको छ । यस्तै दुई वर्षभित्र क्षयरोग मुक्त घोषणा गरिने छ । 

कोभिड उपचारका क्रममा प्रयोग भएका अस्पतालालई विद्यतु महशुल छुट दिइने भएको छ । जटिल रोगका लागि स्वदेश मै अर्थात् किर्तिपुरमा उपचार सेवा प्रदान गर्ने अत्याधुनिक केन्द्र सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ भने तीन वर्षभित्र सञ्चालनमा ल्याइने छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update