Kath khabar
अर्थमन्त्री पौडेलद्धारा आगामी आर्थिक २०७८–०७९ को बजेट भाषण सुरु

काठमाडौं, जेठ १५ । अर्थमन्त्री बिष्णुु प्रसाद पौडेलले आगामी आर्थिक बर्ष २०७८-०७९ को बजेट भाषण सार्वजनिक गर्नु भएको छ  । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आगामी आर्थिक बर्षको बजेट भाषण सार्वजनिक गर्नु भएको हो ।

सरकारले बजेट मार्फत कोरोना भाईरस (कोभिड १९) को उपचार र परिक्षण नि:शुल्क गर्ने भएको छ ।  यसको लागि सरकारले स्वास्थ तथा जनसंख्या मन्त्रायलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बिनियोजन गरेको छ ।  बजेटले स्वास्थ बीमालाई देशको सबै स्थानीय तहसम्म पुर्याउने योजना अघि सारेको छ । स्वास्थ बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नको लागि सरकारले बजेट मार्फत सात अर्ब रुपैयाँ छुट्याएको छ ।यसैगरी सरकारले आगामी बजेट मार्फत प्रत्येक अस्पातालहरुमा अक्सीजन प्लान्ट राख्ने लगाउने छ । अक्सिजन जन्य सामाग्री आयातको भन्सार छुुट दिने नीति पनि सरकारले लिएको छ । 

औषधी खरिदको लागि पाँच अर्ब बजेट
आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले औषधी खरिदको लागि पाँच अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कोरोना नियन्त्रण र यसको लागि आवश्यक औषधी उपकरण खरिदको लागि उक्त रकम बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुुभयो । यसैगरी आगामी आर्थिक बर्षको क्षयरोग, मलेरिया आदि रोगको उपचारको लागि एक अर्ब ४६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । यसैगरी बृद्धबृद्धाको रक्तचाप लगायतका परिक्षण निशुल्क गर्ने भएको छ । 

नागरिकको जीवन रक्षा बजेटको प्रमुुख उदे्श्य
बजेटले मुख्यगरी संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दे जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधन, स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने लक्ष्य लिएको छ । यसैगरी नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्ति मार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने, सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत उत्थानशील, समुन्न त, स्वाधीन, समृद्ध एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दे जाने लक्ष्य बजेटको रहेको छ ।  

 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update