
काठमाडौं, असोज ५ । नेप्सेमा सुधार देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ११ दशमलव १९ अंकले बढेर १८ सय ४८ दशमलव ८० अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव एक अंकले बढेर तीन सय ६० दशमलव ८८ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरूको १९ हजार आठ सय ७९ पटकको कारोबारमा २५ लाख ३१ हजार तीन सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७२ करोड १२ लाख ५९ हजार आठ सय ८४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेर बाँकी रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, ट्रेडिङ, लघुवित्त र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामलिङ पावर कम्पनी, समृद्धि फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड, रुरु जलविद्युत कम्पनी आदिको शेयर मूल्य भन घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।