Kath khabar
सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा



          काठमाडौं, असोज ५ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेसि बाट ग्राहकहरुले पाँच सय रुपैंयाँ र एक हजार दरका एक लाख रुपैंयाँ भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ । सानिमा बैंकको देशभर एक सय २७ वटा शाखा कार्यालयहरु र एक सय २० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update