Kath khabar
चौबिस घन्टामा ८१ जनामा कोरोना पुष्टि



               काठमाडौं, असोज ५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल तीन हजार चार सय ४७ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२ हजार १६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ७५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update