Kath khabar
हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमा नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर


             काठमाडौं, असोज ६। भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ई. मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।

लक्ष्मी ई. मोबिलिटी प्रा. लि. ले नाडा ईभि अटो सो मा स्टल न C7 मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको छ । भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् ।

नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभि अटो सो मा स्टल नं सि ७ मा सम्पर्क गर्न सकिनेछ । एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी ई. मोबिलिटी प्रा. लि. ले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो  इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरू छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी  क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update