९ दिनदेखि अनशनरत डा. केसी लिन गएको स्काइ ट्रक रित्तै फर्कियो
चिकित्सकले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रक मार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो
काठमाडौं, असोज ७। स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. केसी उपचारका लागि काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक खाली फर्किएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनीले जान अस्वीकार गरेका थिए ।
‘डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रक मार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो’, तर डा. केसीले आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय