काठमाडौं, असोज ७। च्याउ फूल नफूल्ने वनस्पति अन्तर्गत पर्दछ । च्याउजातिका बिरुवाहरू फन्जाई वर्गमा पर्दछन् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यी बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनिहरूले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यी बिरुवाहरु मृतोपजीवी हुन् । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् ।
च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोफ्लेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।
च्याउ अति नै पौष्टिकतत्व युक्त र स्वास्थ्य बर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । वर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्व पाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खान योग्य र बिषालु छुट्याउँन गार्हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । अब वर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका वर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् ।
लगभग ५ हजार वर्ष अगाडि देखिको खोज र अनुसन्धानबाट संसारमा ३ हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये १ हजार जाती विषालु, २ हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।
खान योग्य च्याउहरू पनि बुझेर मात्र खानुपर्छ धेरै प्रजातीहरू खान योग्य च्याउहरूलाई कृत्रिम रूपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरू जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरू पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन् । खान योग्य र पहिले खाएका च्याउहरू नै पनि कुहिन थालेपछि बिषालु बन्छन् । त्यस्तै कतिपय च्याउहरू कुनै निश्चित खानेकुरा सँगसँगै खान हुदैन । जस्तै कोप्रिनस प्रजातीका च्याउहरू रक्सीसँग खाएमा बिषालु हुन्छन् ।
च्याउका बारेमा रहेका केही गलत धारणाहरू र तिनको खण्डन खान योग्य च्याउहरू चम्किला र उज्याला हुन्छन् । धेरै खानयोग्य च्याउहरू चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरूमा पनि यो गुण हुने गर्छ । धेरै बिषालु च्याउहरू सेतो रंगका हुन्छन् । एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया चम्किलो रातो तथा पहेलो हुनेगर्छ ।
क्रमश.......