Kath khabar
आगामी बर्ष दुुई लाख युवायुवतीहरुलाई प्रत्यक्ष रोजगारी, बृद्धभत्ता चार हजार

काठमाडौं, जेठ १५ । आगाामी आर्थिक बर्षमा दुुई लाख युवायुुवतीहरुले प्रत्यक्षरुपमा रोजगारी पाउने भएकाछन् । सरकारले आगामी आर्थिक बर्षमा २०७८-०७९ मा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुुई लाख युवायुवतीहरुलाई प्रत्यक्षरुपमा रोजगारी दिने घोषणा गरेको हो । अर्थमन्त्री बिष्णुु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको लागि बजेट भाषण सार्वजनिक गर्दे यो कार्यक्रमको लागि १२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिनु भएको छ  ।  

यसैगरी सरकारले आगामी आर्थिक बर्षमा हस्तकला, साना तथा मझौला उद्योग आदि क्षेत्रमा सिप विकास गर्नको लागि ४० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । यस अन्र्तगत सरकारले आगामी आर्थिक बर्षको एक लाख युवायुवतीहरुलाई तालिम दिने छ । आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँँसम्म कर्जा प्रदान गर्ने भएको छ । शैक्षिक बेरोजगारीलाई कम गर्नको लागि सरकारले आगामी आर्थिक बर्षको न्युुनतम पाँच प्रतिसतको न्युनतम व्याजमा कर्जा दिने भएको छ । 

सरकारले आगामी बृद्धभत्ता बढाएर चार हजार रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो भत्ता मासिक तीन हजार रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update