पोर्चुगल, जेठ १५ । युइएफा च्याम्पियन्स लिगको उपाधीका लागि आज दुई इंग्लीस क्लब म्यान्चेष्टर सिटी तथा चेल्सी बिच हुनेछ ।
खेल नेपाली समय अनुसार रातीको पौने एक बजे पोर्चुगलको पोर्टोमा हुनेछ । यो खेललाई दुई प्रिमियर लिग प्रतिद्धन्द्धीसहित विश्व फुटबलका ठुला प्रशिक्षक पेप ग्वाार्डिवाला र थोमस टुखेल बिचको भिडन्तको रुपमा पनि हेरिएको छ । तर चेल्सी प्रशिक्षक टुखेलले आफू बिचको भिडन्त भनेर व्याख्या नगर्न बताउनु भएको छ । इंग्लीस च्याम्पियन सिटि बलियो रहेको र वास्तविक परिक्षा आजको खेलबाट थाहा हुने उहाँले बताउनु भएको छ । उहाँ पहिलो च्याम्पियन्स लिग उपाधी जित्ने लक्ष्यमा हुनुहुन्छ । गत सिजनमा उहाँको नेतृत्वमा फाइनल पुगेको पेरिस सेन्ट जर्मेन पिएसजी बायर्नसंग पराजित भएको थियो ।
यता ग्वार्डिवाला तेस्रो पटक युरोपेली फुटबलको उपाधी जित्ने दाउमा हुनुहुन्छ । उहाँले यसअघिका दुई उपाधी बार्सीलोनाका लागि जित्नु भएको थियो । सिटीका इल्काइ गुन्डवा सामान्य घाइते हुनु बाहेक दुवै टिमका खेलाडीमा गंभिर चोटको समस्या छैन् । सिटीले इतिहासमै पहिलो पटक युरोपेली प्रतियोगिताको उपाधी उचाल्ने दाउमा छ । यता चेल्सी भने २०१२ को च्याम्पियन्स लिग विजेता हो । प्रिमियर लिग जितेको सिटीसंगको पछिल्ला दुई भेटमा चेल्सि विजयी भएको थियो । युरोपेली प्रतियोगितामा भने यी दुइ टिम १९७०–७१ पछि पहिलो पटक आमने सामने हुदैछन् । खेलमा १६ हजार ५ सय बढी दर्शकले प्रवेश पाउने छन् ।