Kath khabar
मालाश्री मञ्जरी महिला बचत समुहद्धारा वृद्धवृद्धालाई भोजन ग्रहण

 

               ललितपुर, असोज ९ । ललितपुर महालक्ष्मी-४ स्थित मालाश्री मञ्जरी महिला बचत समुहले आइतबार सोह्रश्राद्धको अन्तिम दिन औँशी तिथि पारेर वृद्धवृद्धालाई भोजन गराएका छन् । बचत मात्र नभई समाजसेवा पनि गरौँ भन्ने उद्देश्यले धापाखेलस्थित मानवसेवा आश्रमका ५२ जना वृद्धवृद्धालाई मालाश्री मञ्जरी समुहले खाना खुवाएको हो

ललितपुरको धापाखेलमा रहेको मानवसेवा आश्रमले परिवार, आफन्तजन गुमाई सडकमा पुगेका, घरपरिवारबाट परित्यक्त, आफ्नै परिचय समेत बताउन नसक्ने अवस्थामा रहेका मनोरोगी अनाथ, अपाङ्ग, अशक्त, असहाय तथा मागेर पनि जीवनको गुजारा चलाउन नसक्ने सहयोगापेक्षी व्यक्तिहरूलाई सडक, बाटो चौबाटो आदि सार्वजनिक स्थानबाट उद्धार गरी छाना, खाना र नानाको प्रबन्ध यथाशक्य औषधोपचारका साथै पारिवारिक पुनर्मिलन समेत गराउने कार्य गर्दै आएकोछ

२०७३ असोज २० गते स्थापना भएको उक्त आश्रमले अहिलेसम्म ४६७ जना वृद्धवृद्धाको उद्धार गरेको छ भने, १७० जना परिवारको पारिवारिक पुनर्मिलन गराएको छ । ललितपुर महानगरपालिका वडा नं. २४ मा रहेको मानवसेवा आश्रमको जिल्ला शाखाको सेवा भवनमा हाल ५२ जना वृद्धवृद्धाहरु आश्रित छन् ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update