
काठमाडौं, असोज ११ । ‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जित्नुभएको छ । २० प्रतियोगीलाई पछि पार्दै उहाँले मिस फोटोजेनिक सहित शीर्ष उपाधि चुम्नु भएको हो । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनर अप रिमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पुरी घोषित हुनुभयो।
अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाइ सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहनुभएको थियो । एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेसनलको व्यवस्थापन रहेको प्रतियोगितामा पब्लिक च्वाइस अञ्जु ढुंगाना, भिवर्स च्वाइस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालिटी रीमा खड्का चुनिए । महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्यूनिकरणमा योगदान दिने हेतुले प्रतियोगिताको आयोजना गरिएको आयोजक एमी इन्टरटेनमेन्ट एमी रौनियारले बताउनुभयो । प्रतियोगिता उमेर समुह, विवाहित, डिभोर्सी, तौल, उचाइको पनि मापदण्ड नराखिएको उहाँले सुनाउनुभयो ।
रोजिन शाक्यको कोरियाग्राफी रहेको प्रतियोगितामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पुरी, हिना शुक्ला लगायत प्रतियोगिताको आजीवन सदभावना दूत समेत नियुक्त हुनुभएको थियो ।
प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरूलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।