काठमाडौं, असोज १२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिनुभएको छ । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश विरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरूलाई मन्त्री अथकले बधाई दिनुभएको हो ।
सामाजिक सञ्जालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिनुभएको छ । मंगलबार बेलुका नेपाल र बंगलादेश बिचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिनुभएको थियो । बिजयी सेलिब्रेसन गरिरहेका खेलाडीहरूलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगायतका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए ।
प्रतियोगिता अवधिभर रङ्गशालामै बसेर मन्त्री अथकले खेलाडीहरूको हौसला समेत बढाउनुभएको थियो । मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।