काठमाडौं, असोज १२ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । नेप्से आज ६.४१ अंकले बढेर १,८०३७.४६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १.४५ अंकले बढेर ३५९.५९ अंकमा पुग्न सफल भएको छ । आज २२१ वटा कम्पनीहरुको ११,९२७ पटकको कारोबारमा १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा ४ वटा समुहले गुमाएका छन् भने ९ वटा समुहले कमाएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादन मुलक, लघुवित्त र लगानी समुहहरुले कमाएका छन् भने फाईनान्स, ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहहरुले गुमाएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मन्दाकिनी हाईड्रो पावर लिमिटेड, सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, रुरु जलबिद्युत परियोजना, कालिका पावर लिमिटेड आदिको सेयर मुल्य बढेका छन् भने जिआईबिएफ १, अपरहेवा खोला हाईड्रो पावर कम्पनी, बुद्धभुमी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, एभरेष्ट बैंकको ऋणपत्र आदिको सेयर मुल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल माईक्रो फाईनान्स लघुवित्त वित्तीय संंस्थाको संस्थाको संस्थापक सेयर, नविल बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।