Kath Khabar
कमेडी च्याम्पियन हिमेश स्वतन्त्र पार्टीबाट चुनाव लड्ने


                काठमाडौं, असोज १२ ।  मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पहिलो कमेडी च्याम्पियन हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

हिमेशले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका हुन्। आफूले उमेदवारी प्रस्तुत गरेको जानकारी दिदै उनले भनेका छन् -

मंसिर 4 गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मेरो उमेदवारी प्रस्तुत गरेको छु।
यसलाई मैले धादिङको प्रतिनिधित्व गर्दै सामाजिक सेवामा रहने र देशको विकृत राजनीतिक अवस्थालाई परिवर्तन गर्ने अवसरका रुपमा लिएको छु। नीति निर्माणको तहमा युवाको प्रतिनिधित्व आजको आवश्यकता पनि हो। त्यसलाई महसुस गर्दै एउटा युवाले देखाएको साहस र अॅाटलाई सकारात्मक रुपमा हेरिन्छ भन्ने कुरामा म विश्वस्त छु। तपाईहरुको साथ,सहयोग र हौसलाको अपेक्षा पनि गर्दछु।
राजनीतिक र सामाजिक विकृति माथि मैले गर्दै आएको हास्य-व्यङ्ग्य अब त्यसमा मात्र सिमित हुदैन। यस कदम पछि मेरा हरेक कृयाकलापले देश विकास र राजनीतिक परिवर्तनमा अहम भुमिका खेल्नेछ।
खराब राजनीति माथिको यो एउटा लडाई हो। हामी यो लडाई कठोर बनेर हैन मुस्कुराएर लड्नेछौ। धन्यवाद!  

 

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update