उर्जालाई १ खर्ब भन्दा बढी बजेट, वैकल्पिक उर्जाको लागि २ अर्ब ७६ करोड
काठमाडौं, जेठ १५ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ मा वैकल्पिक उर्जाको लागि २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।
यस्तै निजी क्षेत्रले उत्पादन गरेको सौर्य उर्जाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिरणले किन्ने भएको छ । वैकल्पिक उर्जाबाट ५० हजार घरधुरी प्रभावित बन्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा बताउनु भएको छ भने उर्जा क्षेत्रको लागि उहाँले करिब सवा एक खर्ब भन्दा बढी रकम विनियोजन गर्नु भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय