लाल मोहम्मदको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौं, असोज १४ । काठमाडौँको गोठाटारमा लाल मोहम्मदको गोली हानी गरिएको हत्या प्रकरणमा तीन व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
पक्राउ गरिएका तिनै जना मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका व्यक्तिहरु भएको प्रहरीले जनाएको छ । गोठाटार गोलीकाण्डको अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा विशेष समिति गठन गरेको थियो।
कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा दुई साताअघि अज्ञात समूहले मोहम्मदलाई गोली हानी भागेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय