काठमाडौं, जेठ १५ । सरकारले सरकारी अस्पतालमा पत्रकारको उपचार नि:शुल्क उपचार गर्ने भएको छ । सुुचना विभागको पास लिएका सञ्चारकर्मीहरुलाई सरकारी अस्पतालहरुमा नि:शुल्क उपचार गर्ने सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत गरेको हो ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत नेपाल पत्रकार महासंघ संग सहकार्य गरी पत्रकारहरुको नि:शुल्क उपचार गर्ने घोषणा गरेको हो । सञ्चार क्षेत्रको विकासको लागि आम सञ्चार प्रतिष्ठान गठन गर्ने भएको छ । कोभिड १९ बाट प्रभावित पत्रकारलाई लेखन बृद्धि प्रोत्साहन रकम प्रदान गर्ने, सहुलियत कर्जा दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।
यसैगरी सरकारको पत्रकार महांसघको भवन निर्माणको लागि पनि बजेट बिनियोजन गर्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि सात अर्ब ७४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णुुप्रसाद पौडेलले बताउनु भएको छ ।