२,५३५ जनामा परिक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि
मृत्यु शुन्य, १०३ जना संक्रमण मुक्त
काठमाडौं, असोज १४ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल २,५३५ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२,०१८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमण मुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १,००४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय