Kath khabar
सानिमा बैंक अब ठिमी र कपनमा


          काठमाडौं , असोज १५ । सानिमा बैंक लिमिटेडले शुक्रबार ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरुर १२० वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् ।
 

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update