Kath Khabar
बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन


            काठमाडौं, असोज १५ । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुले मेयर बालेन साह विरूद्ध प्रदर्शन गरेका छन् ।

अदालतमा विचाराधीन रहेको सामुदायिक भवन भत्काएकोमा महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भत्काएपछि आक्रोशित बनेका स्थानीयहरुले मेयर साहको पुत्ला जलाएका छन् । मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवास् समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका छन् ।

शनिबार नै नेवाः देय् दबूले विज्ञप्ति जारी गर्दै यो घटना निन्दनीय भएको बताएको छ। 'सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ विज्ञप्तिमा भनिएको छ, प्रदर्शनकारीले विरोध जारी नै रहने जनाएका छन्।

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update