काठमाडौं, असोज १६। इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको हिंसामा परी कम्तिमा १२७ जनाको ज्यान गएको छ भने १६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वी जाभा प्रान्तमा भएको फुटबल खेलमा टोली पराजित भएपछि फ्यानहरु आक्रोशित भई मैदानमा प्रवेश गरेका थिए । त्यसपछि सुरक्षाकर्मी र समर्थकबीच झडप भएको थियो । एक टोलीले खेल हारेपछि ठूलो मात्रामा हिंसा भड्किएको थियो। उक्त हिंसामा ३४ जनाको रंगशाला भित्र र बाँकीको अस्पतालमा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पर्स्बाया सुराबायाले इन्डोनेसियाको अरेमा एफसीबाट फुटबल खेल ३-२ ले जितेपछि अरेमा एफसीका हजारौं फ्यानहरु खेल मैदानमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। पिचमा सुरक्षा बल र फ्यानबीच झडप भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसै क्रममा समर्थकले सुरक्षाकर्मीमाथि पनि प्रहार गर्न थालेका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रयोग गरिएको थियो ।