Kath khabar
इन्डोनेसियाको फुटबल रङ्गशालामा भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७४ पुग्यो

 

             काठमाडौं, असोज १६। इन्डोनेसियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा ज्यान गुमाउनेको सङ्ख्या १७४ जना पुगेको छ ।

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा १७४ जनाको ज्यानको गएको हो।

पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका र एउटै बाटोबाट मानिसहरू बाहिर निस्किदा अक्सिजन अभाव भएको प्रहरीको भनाइ छ ।  

४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले बताएका छन्। इन्डोनेशियामा पहिला पनि फुटबल म्याचको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा पर्ने गरेका छन्।

यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update