
काठमाडौं, असोज १६। चर्चित गायक कमल खत्रीले मेलिना मैनालीसँग विवाह गरेका छन् । २२ सेप्टेम्बर २०२२ मा विवाह गरेका उनीहरुले विवाहको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
कमल र मेलिनाले इन्गेजमेन्ट भएको २ हप्तामै बिवाह गरेका थिए । उनीहरुको विवाह सामान्य तरिकाले सम्पन्न भएको छ । बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् -
"केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आज बाट वैवाहिक बन्धनमा बाधिएका छौ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौ,विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा बिजया दशमि सुभ कामना"