काठमाडौं, जेठ १५ । नेपाली युवा उद्यमी फोरमको बार्षिक साधारण सभा सम्पन्न भएको छ । फोरमले शुक्रवार आफ्नोे १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ११ सदस्यीय कमिटी चयन गरेको छ । कोविड मुद्धालाई ध्यानमा राख्दै, कार्यक्रम अनलाइन बाट आयोजना गरिएको थियो ।
नवगठित समितिको अध्यक्ष पदमा उदीप श्रेष्ठ सर्वसम्वत अध्यक्ष चुनिएका छन् भने मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को-लर्निंगका रूपमा पवित्र गौतम चुनिनुभएको छ भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिनुभएको छ । यसअघिसम्म प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष रहनुभएको थियो । अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष प्रकाश देव पालिखे सहित कार्यसमितिले उहाँहरुको पदभार बुझाउनुभएको छ ।
सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुुभयो । सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ, उहाँँको भनाइ थियो । पञ्च कन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताउनुभयो ।