Kath khabar
नेपालको इराकविरुद्ध फराकिलो हार

इराक, जेठ १६ । नेपालले इराकसँगको मैत्रीपुर्ण खेलमा ६-२ गोलको हार ब्येहोरेको छ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय फुटबल रंगशालामा भएको खेलको पहिलो हाफमै इराकले चार दुई गोलको अग्रता बनाएको थियो  ।

खेलको सातौ मिनेटमा नै इराकले अग्रता बनायो । कप्तान अल अब्दुल जाहेर खासिनले  गरेको फ्रिकिक प्रहार किरण चेम्जोङको टाउको माथिबाट छिरेर गोल भएको थियो । त्यसको केही सेकेण्डमा अहमद इबा्रहिम खलाफले आत्मघाती गोल गर्नु पुग्नु भयो ।

नेपालका अञ्जन विष्टले गर्नुभएको प्रहार क्लियर गर्न खोज्दा खलाफले आफ्नो पोष्टमा गोल गर्नुभएको हो । खेलको ३० औ मिनेटमा मनिष डाँगीले इराकका गोल रक्षक अगाडी बढेको अवस्थामा गोल गर्नु भयो । डिबक्स भन्दा बाहिरबाट फहाद तलिब रहिमलाई चिप गर्दै मनिषले गोल गदैै नेपाललाई अग्रता दिलाउनु भएको हो ३८ औँ मिनेटमा मोहमद ओबेदले गोल गरेपछि खेल दुइ दुइको बराबरीमा आयो ।

कर्नरबाट आएको बललाई उहाँले हेडरमार्फत गोल गर्नुभएको हो । त्यसको एक मिनेटमै इराकले तीन दुइको अग्रता बनायो । अहमन हुसेनले इराकका लागि तेस्रो गोल थप्नु भएको हो। पहिलो हाफको इन्जुरी समयमा उहाँको व्यक्तिगत दोस्रो गोलमा इराकले अग्रतालाइ दोब्बर बनायो ।

पहिलो हाफमा चार दुइ गोलले अघि रहको घरेलु टोलीले दोस्रो हाफमा दुइ थप्यो । ६७ औँ मिनेटमा मोहनद अलिले इराकका लागि पाचौ गोल गर्नुभयो । ७५ र्औँ मिनेटमा सजाद जसिमले गोल गरेपछि इराकको ६-२ को शानदार जित सुनिश्चित बनायो । यो इराकको नेपालमाथि चौथो पटकको जित हो । यस अघिको तीन भेटमा इराकनै बिजयी भएको थियो । नेपालले विश्वकप छनौटको तयारी स्वरुप इराकसँग मैत्रीपुर्ण फुटबल खेलेको हो । 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update