नेपालमा डलरको मूल्यमा अहिलेसम्मकै उच्च रेकर्ड
डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई पनि यो समय उपयुक्त हुने अर्थविद्हरुले बताएका छन्
काठमाडौं, असोज २३। नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतवार १ डलरको बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
आज डलरको खरिद मूल्य भने १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । विश्वभर नै अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालमा पनि असर देखिएको हो ।
डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई पनि यो समय उपयुक्त हुने अर्थविद्हरुले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय