Kath khabar
नेपालको कृषि : मौरीपालन

             काठमाडौं, असोज २५ ।  मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । नेपालमा मौरी प्राचीन समय देखिनै पालन गर्ने गरिन्थ्यो। पुरानो समयमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो।यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भयो।

मह मदानीको आविष्कार भएपछि मौरीलाई व्यवसायिक रूपमा फर्म खोलेर पालन गर्न सकिन्छ। मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ।मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ। मौरी किसानहरूका लागि मित्र कीरा हो।

वर्ग अनुसार मौरीका कार्य विभाजन

कर्मी मौरीको काम :

मौरीको गोलामा मह, कुट सङ्कलन गर्ने, छाउरा हुर्काउने, चाका निर्माण गर्ने, रानु र भालेमौरीलाई खुवाउने, घार सफा गर्ने,गोलाको सुरक्षा गर्ने आदि सबै काम कर्मी मौरीले गर्दछन्। टाउको भित्रपट्टि शिर ग्रन्थि हुन्छ । यसबाट शाहीखुराक निस्कन्छ । सो खाना पोसिलो हुने भएकोले कर्मीले कलिला बच्चा र रानुलाई मात्र ख्वाउँछ । कर्मी मौरीको पेटमा तल्लोपट्टि चौथोदेखि सातौँ खण्डमा ४ जोर मैन ग्रन्थि हुन्छन् जसबाट मौरीले मैन उत्पादन गरी चाका निर्माण गर्दछ । पेटको अन्तिम भागमा विषयुक्त खिल हुन्छ, जसले आफ्नो शत्रुलाई चिल्ने काम गर्छ । सामान्यतः कर्मीमौरीले फुल पार्दैनन् तर गोलामा रानु वा रानु कोषविहीन भएमा सेराना मौरीले २ हप्तापछि र मेलिफेरा मौरीले ३ हप्तापछि फुल पार्न थाल्दछ । यस्ता कर्मी मौरीलाई वितपाते कर्मी मौरी भनिन्छ । वितपाते कर्मी मौरीले बतासे (अनिषेचित) फुल पार्ने हुँदा भाले मौरीमात्र जन्मन्छन्र गोला विस्तारै मासिएर जान्छ उमेर र ग्रन्थि विकासको क्रमअनुसार एक मौरीगोलाभित्र कर्मी मौरीहरूमा निश्चित र पूर्ण रूपले श्रम विभाजन भएको हुन्छ । कर्मी मौरी फुलबाट निस्केदेखि आफ्नो जीवनको ३ हप्तासम्म घारभित्रको काममा लाग्ने गर्छ भने बाँकी समय बाहिरको काममा बिताउँछ । कर्मी मौरीले घारभित्रको क्रियाकलापहरू चाकाको निर्माण, छाउराको हेरविचार, सरसफाइ, तापक्रम नियन्त्रण र सन्तुलन, रानुको रेखदेख, मह प्रशोधन आदि र घारबाहिरको क्रियाकलापहरू पुष्परस, पराग, चोप र पानी सङ्कलन आदि गर्दछन्।

रानु मौरीको काम :

रानु मौरीको मुख्य काम फुल पार्नु हो । नयाँ रानु जन्मेको ३ देखि ८ दिनमा आकाशमा गएर भाले लाग्छ र गर्भाधान भएको ३ देखि ७ दिनपछिफुल पार्न सुरु गर्छ ।सेराना मौरीको एक स्वस्थ रानुले उपयुक्त मौसममा प्रतिदिन करिब ८०० सम्म फुल पार्छ भने मेलिफेराको रानुले करिब २००० सम्म फुल पार्दछ ।रानुले आवश्यकताअनुसार भाले लागेको र नलागेको फुल पार्छ । भाले नलागेको (अनिषेचित) फुलबाट भाले र भाले लागेको (निषेचित) फुलबाट कर्मी र रानु मौरी जन्मन्छन्।रानु मौरीको अर्को मुख्य काम गोलाका सम्पूर्ण मौरीहरूलाई आवश्यकताअनुसार सञ्चालन गर्नु हो ।रानुले आफ्नो शरीरबाट विशेष किसिमको गन्ध निकाल्छ र त्यो गन्धलाई गोलाका सम्पूर्ण मौरीहरूले ग्रहण गर्दछन्। त्यही गन्धका आधारमा मौरीले आफ्नो सम्पूर्ण काम (गोला पत्ता लगाउने, रस कुटओसार्ने, गोला छुट्टिने, गृहत्याग आदि) गर्दछन्।

भाले मौरीको काम :
भाले मौरीको एक मात्र काम कुमारी रानुसँग सहवास गरी गर्भाधान गराउनु हो। कुमारी रानुसँग सहवास गरेका भाले मौरी सहवास पछि मर्छ ।सुख्खा समयमा बाँकी भाले मौरीहरूलाई कर्मी मौरीले खाना खुवाउँदैनन्र अन्तमा आफैं मर्छन्।

नेपालमा पाइने मौरीका जातहरू र तिनका विशेषता :
मौरी एक सामाजिक एवं लाभदायक किरा हो । नेपालमा धेरै किसिमका मौरीहरू पाइन्छन्। खासगरी मह सङ्कलन गर्ने हिसाबले मौरीलाई ५ जातमा विभाजन गर्न सकिन्छ ।
 

३. नाम : भिर मौरी (एपिस लेवोरिओसा) :
झट्ट हेर्दा खागो मौरीजस्तो देखिने तर अलि गाढा रङको र रिसाहा हुन्छ । यो जातको मौरी खुल्ला तथा ताजा हावा मन पराईने ठूला-ठूला भिरपहराहरूमा एउटा गोलाले एउटा ठूलो चाका लगाएर बस्छ । यसले बनाएको चाका खागो मौरीको भन्दा ठूलो हुने हुँदा मह उत्पादन पनि धेरै हुन्छ । यसले पनि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने गर्दछ । जङ्गली वनस्पतिको लागि यो मौरी राम्रो परागसेचक हो ।

४. नाम : स्थानीय मौरी-सेराना मौरी (एपिस सेराना) :
यो तराई र भित्री मधेसमा पाइने मौरी पहाडी भागका मौरीभन्दा सानो आकारको हुन्छ । प्राकृतिक रूपमा रूखको टोड्को, भिरपहराको अँध्यारो ओडारमा र घरको खोपामा पनि चाका बनाएर बस्दछ । यसलाई मुढा, खोपा र आधुनिक घारमा पाल्न सकिन्छ । गोला बनाएँदा आफ्नो सङ्ख्याअनुसार एकभन्दा बढी समानान्तर चाका बनाएँछ । यसलाई व्यावसायिक रूपमा पाल्न सकिन्छ र राम्रो व्यवस्थापन गरेमा वार्षिक प्रतिगोला सरदर १५-२० किलोग्राम मह उत्पादन लिन सकिन्छ ।

५ . नाम : युरोपियन मौरी-मेलिफेरा मौरी (एपिस मेलिफेरा) :
यो जातको मौरीको उत्पत्ति अफ्रिकी मुलुकमा भएता पनि युरोप हुँदै संसारभर फैलिएकोले यसलाई युरोपेली मौरी भनिन्छ । नेपालमा पनि यसको व्यावसायिक रूपमा सुरुवात भएको छ । सेराना मौरीले जस्तै यसले पनि एकभन्दा बढी समानान्तर चाका निर्माण गर्दछ । यस मौरीलाई रोग तथा परजीवीहरूले धेरै आक्रमण गर्ने हुनाले यो मौरीपाल्न उपयुक्त प्रविधि (ज्ञान र सीप) को आवश्यकता पर्दछ । यिनीहरूमा हुल निर्यास, गृहत्याग जस्ता अवगुणहरू सेराना मौरीमा भन्दा कम हुने हुनाले यसबाट वार्षिक सरदर ४० किलोग्राम प्रति गोला मह उत्पादन लिन सकिन्छ । यस मौरीले आफ्नो गोलाबाट ५ किलोमिटर टाढासम्म गई पुष्परस, कुट, पानी र चोप सङ्कलन गर्नेकाम गर्छ । यिनीहरू पनिसेराना मौरीले जस्तै फलफूल, खाद्यान्न, तेलहन र अन्य बाली एवं बोटविरुवाहरूमा परागसेचनको कार्य अति राम्रो गर्छन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update