Kath khabar
चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिनुहुन अनुरोध गर्दछु -  हरिवंश आचार्य


             काठमाडौं, असोज २५। वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनाबमा आफूबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्नुभएको छ । उहाँले कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो भन्दै चुनाबमा प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्नुभएको हो । सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ - 

"कतिले बिर्सनै  नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ। त्यसबखत ति मित्रता, ति नाता  र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन्  । त्यसबखत हामी   सङ्ग केही आशा राख्नु स्बभाबिक हो । मलाई  चुनाबमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर ।
तर  हामी सबै  राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस  हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मियता, नातालाई पबित्र नै राखि चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।"

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update