पोर्चुगल, जेठ १६ । चेल्सी दोस्रो पटक च्याम्पियन्स लिगको बिजेता बनेको छ । गएराती भएको फाइनलमा चेल्सीले प्रिमियर लिग प्रतिद्धन्दी म्यानचेस्टर सिटीलाइ एक शुन्य गोलले पराजित गर्यो ।
पोर्चुगलको पोर्टोमा भएको खेलमा चेल्सीले पहिलो हाफमा लिएको अग्रता नै उसका लागि विजेता बन्न पर्याप्त भयो । ४२ औं मिनेटमा मेसोन माउन्टको पासमा काइ हार्भट्सले गोल गर्नुभएको थियो । चेल्सीको करियरमा सुस्त रुपमा सुरुवात गर्नुभएका हार्भट्सले महत्वपुर्ण खेलमा आफ्नो उपस्थिती प्रमाणित गर्नुभयो । सिटी भन्दा उत्कृष्ट देखिएको चेल्सीले गोलका अरु अवसर पनि पाएको थियो । तर सुदपयोग गर्न सकेन । टिमो भेर्नरले दुई गोलको मौका गुमाउनुभयो । हार्भट्सले दोस्रो गोल गर्नसक्नुभएन भने सब्सिच्युट क्रिस्टियन पुलिसिच अग्रता दोब्बर बनाउन चुक्नुभयो । तर प्रिमियर लिग च्याम्पियन सिटीले गोल फर्काउन नसक्दा हार्भट्सको गोलनै चेल्सीको जीतमा निर्णायक बन्यो । यो हाभर्ट्सको पहिलो च्याम्पियन्स लिग गोल हो । अघिल्ला दुई भेटमा पनि चेल्सी प्रिमियर लिगले च्याम्पियन सिटीलाई हराएको थियो । प्रशिक्षक थोमस टुखेलको यो पहिलो च्याम्पियन्स लिग उपाधी हो ।
गत सिजनमा उहाँको नेतृत्वमा पेरिस सेन्ट जर्मेन पिएसीले फाइनलसम्मको यात्रा तय गरेको थियो । गत सिजनको फाइनलमा बुन्डेश लिगा क्लब बार्यन म्युनिखले पिएसजीलाई एक शुन्य गोलले हराएको थियो । चेल्सीको लागि उहाँको यो पहिलो सबैभन्दा ठुलो उपाधी हो । यता पेप ग्वार्डिवालाको सिटी भने पहिलो च्याम्पियन्स लिग जित्ने अवसरबाट फेरी बञ्चित भयो । ७७ औं मिनेटमा सर्जियो अग्वेरोले मैदान प्रवेश गर्नुभएको थियो । तर उहाँको प्रभाव खेलमा देखिन सकेन । योसँगे अग्वेरोको सिटीको बसाइ पनि सकिएको छ ।