Kath khabar
मानिसको अधिकतम आयु कति ?

काठमाडौं, जेठ १६ । मानिसको आयुका बारेमा अनेकौं खोज अनुसन्धान हुदै आएको छ । धार्मिक ग्रन्थ होस् या साहित्यीक कृतिका सर्जकहरु मानिसका आयुको सम्वन्धमा आ-आफ्ना राय राख्दै आएका थिए । मानिसको आयु ११४ देखि ११६ सम्म देखेका सुनेका मानिसलाई सिङ्गापुरका वैज्ञानिकहरुले मानिसको बाहिरी परिस्थीति तथा खानपानमा उचित सन्तुलन हुन सके १५० वर्षसम्मको आयु लिन सक्ने खुलासा गरेका छन् । यो दावी कुनै हावादारी गफ नभएर वैज्ञानिक खोज अनुसन्धानबाट प्रमाणित भएर ‘नेचर कम्युनिकेशन पत्रिका’ मा प्रकाशित रिपोर्ट हो ।

सिङ्गापुरका वैज्ञानिकले मानिसको अधिकतम उमेर मापन गर्न खास किसीमको इन्डीकेटर्सको निर्माण गरेका छन् । यसलाई वैज्ञानिकले डायनेमिक अर्गानिजम स्टेट इन्डीकेटर (डिओएसआई) नामाकरण गरेका छन् । यो तरीकाबाट वैज्ञानिकले मानिसहरुको अलगअलग आयुको घोषणा गर्न सक्दछन् । यो बिधि अपनाउदा मानिसको रगतको विशेष तरिकाले  परिक्षण गर्नु पर्दछ । वैज्ञानिकहरु उनले विकास गरेका इन्डिकेटर्स (डिओएसआइ) र रगतका नमुनाको संयुक्त विश्लेषण गरेर मानिसको अधिकतम उमेर १५० वर्षसम्म हुन सक्ने निष्कर्षमा पुगेका हुन्।

शोधकर्ताहरु उमेर भेरीबल्स तथा उमेर घट्ने अवस्थालाई तथ्याकंमा विश्लेषण गरेर यो नयाँ नतिजामा पुगेका हुन् । जिवविज्ञानको भाषामा उमेर बढ्नु भनेको जिवका अङ्गले काम कम गर्नु हो । विभिन्न संक्रमण तथा दिर्घरोगले मानव शरीरका अङ्गलाई  काम गर्न अवरोध पुराइरहेको हुन्छ । अर्कातिर डिएनए लगातार विभाजित हुदै जादा मानिसलाई विभिन्न रोगले समात्छ र अङ्गले काम कम गर्न बाध्य हुन्छ ।

शोधकर्ताले अलग अलग उमेर, अवस्थाका मानिसका रगतका नमुना संकलन गरेर कम्प्लिट ब्लड काउंट (सीबीसी) गरेका थिए । रगतमा रहेको सेता रक्तकोष, राता रक्तकोष तथा प्लेलेट्सको मात्रालाई अध्ययन गर्दै घट्दोे उमेरको अवस्था तथा सिविसीको आँकडा मिलाएर विश्लेषण गर्दा उमेर अनुसार मानिसलाई कुन संभावित रोग लाग्दछ र रोगको प्रतिरोध कति गर्न सक्दछ भनी अनुमान गर्न सकिने वैज्ञानिकहरुको भनाई छ । यो परिक्षणले मानिसको शारिरीक अवस्थाको बारेमा जानकारी दिन्छ ।

जुन मानिसको जिवनशैली ठिक छैन उसको डिओसिआइले उसको उमेर कम हुने देखाउँछ । सामान्य विरामीको डिओसीआइको आधारमा उसको उमेर पत्ता लगाउन सकिन्छ । यस प्रविधि मार्फत मानिसको शरीरको अवस्था तथा भविष्यमा उसको स्वास्थ्य कस्तो हुन्छ भनी किटानी गर्न सकिन्छ । यदि मानिसलाई कुनै रोग पनि छैन तथा उसको जिवनशैली सन्तुलित छ भने ऊ धेरै उमेरको मालिक हुन सक्छ । डिओसिआई तथा उसको बढ्दो उमेर को आपसी तुलना गर्दा यदि मानिसको जिवनशैली ठिक छ र उसलाई गम्भिर रोग छैन भने मानिसको उमेर १२० देखि १५० वर्ष सजिलै हुने वैज्ञानिकको ठहर छ ।

वैज्ञानिकहरु अहिलेको मानव जिवनशैली गलत भएको निस्कर्षमा पुगेका छन् । मानिसको अव्यवस्थित जिवनयापन नै आयु कम गर्ने कारण भएको उनीहरुको निस्कर्ष छ । मानिसको आयु बढाउने कुनै टेक्नोलोजी विकास गर्न नसकिने भएको हुँदा वैज्ञानिकहरुले जिवनशैली प्राकृतिक बनाउन सुझाव दिएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update