Kath khabar
एनआईसी एशिया क्यापिटलले प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गर्ने


             काठमाडौं, असोज २८। एनआईसी एशिया क्यापिटलले प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । वल्र्ड इन्भेष्टर विक, २०२२ को अवसरमा क्यापिटलले टुकी रिसोर्ट, लेकसाइड, पोखरामा प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम आज आश्विन २८ गते शुक्रबार दिनको ३ः३० बजे गर्न लागेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरू लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराइने छ क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ्ग दामोदर रायमाझीले जानकारी गराउनु भएको छ ।

मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका  बाहिरबाट मर्चेन्ट बैंकहरुले प्रदान गर्ने सेवाको पहुँच प्राप्त नभएको जनगुनासो बारम्बार आउने गरेको समयमा उपत्यका बाहिरबाट कसरी मर्चेन्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहज रुपमा पूँजीबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोबार गर्नको लागि सहयोग पुग्ने देखिन्छ ।


 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update