काठमाडौं, असोज २८ । नेपालमा अलैँचीको वर्तमान स्थिति : पूर्वान्चलका केही जिल्लाहरुवाट शुरु भएको अलैंची खेती हाल आएर अधिराज्यका सवै मध्य पहाडी जिल्लाहरुमा यसको खेती विस्तार भएको छ । करीव ४० जिल्लाहरुमा यसको खेती हुन थालेको छ । नेपाल अधिराज्यमा करीव १४२०६ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ । जसमध्ये ११६६५ हेक्टर क्षेत्रफल उत्पादनशिल अवस्थामा रहेको अनुमान गरिएको छ । जसवाट ६०२६ मेट्रिक टन अलैंची उत्पादन भइ राखेको छ । कूल उत्पादनको ९८ प्रतिशत भन्दा बढी भारत लगायत समुन्द्रपार देशहरुमा निर्यात भई करिव ६ अरव वरावरको विदेशी मुद्रा देशले आर्जन गर्दछ ।
अलैँची प्रशोधन प्रविधि :
सामान्यत प्रशोधन भन्नाले स्वच्छ,सफा वा परिस्कृत तुल्याउने कामलाई वुझाउंछ । तर यहां अलैंची वाली काटेपछि नखाइन्जेल सम्म गरिने विविध कृयाकलापलाई प्रशोधन सम्झनुपर्दछ । प्रशोधनको खास उद्देश्य ताजा फलमा विद्यमान भौतिक तथा रासायनिक गुणहरु लामो समय सम्म कायम राख्नु हो । ताजा फलमा ८०-८५ प्रतिशत सम्म पानी रहने र लामो समय सम्म अलैंची राख्दा ढुसीको आक्रमण भइ अलैँची कुहिने हुंदा पानीको मात्रालाई सुरक्षितमात्रा सम्म ल्याउन प्रशोधन गरिन्छ । ढुवानी सस्तो पार्न, बढी मुल्यमा बेच्न र उपभोक्ताको चाहना अनुरुप उपभोग्य वस्तुहरु बनाउन पनि प्रशोधन गरिने चलन छ। नेपालमा अलैँचीको प्रशोधन प्रविधि धेरै पुरानो रहेको छ। अधिकांश परम्परागतभट्टीमा काँचो दाउराको प्रयोग गरी धुँवाँबाट सिधै सुकाइने हुदाँ अलैँची बढी कालो र धुँवाँको गन्धमिसिएको हुन्छ। यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुँवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ। पूर्वीपहाडी कृषि विकास आयोजनाले भोजपुर,तिम्मामा जनजाति र दलितका लागि एउटा त्यस्तो भट्टी निर्माण गरिदिएको छ। यस्तो भट्टी बनाउन ३५-५० हजाररूपैयाँ लाग्ने र त्यसमा दाउराको खपत २५ प्रतिशत कम हुने किसानहरूको अनुभव छ।
अलैँची टिप्ने :
अलैँचीको परिपक्व भएपछि अलैँचीको दाना भित्रको बियाँ खैरो बाट कालोमा परिणत भएपछि अलैँची टिप्न सकिन्छ। नपाक्दै टिपेको फलमा गेडा नरम, सेतो खैरो हुन्छ भने बढी पाकेको फल झर्ने, सुकाउदा फुट्ने हुन्छ। यसले अलैँचीको गुणस्तरमा कमी ल्याउँछ। त्यसैले अलैँची उचित समयमा टिप्नुपर्छ।
गुम्साउने :
अलैँचीको थुङ्गालाइ काटेर घरमा भित्राइसकेपछि थुङ्गाहरुलाइ ३-४ दिन सम्म गुम्साउनु पर्दछ। यसो गर्नाले थुङ्गाको टुप्पाको फलहरु छिप्पिन पाउछ र फल निकाल्न सजिलो हुन्छ।
फल छुट्टाउने :
गुम्साएको थुङ्गाबाट १-१ गरी फल निकालेर माटो र अन्य वस्तु हटाईसफा गरी तुरुन्त सुकाउने व्यवस्था गर्नुपर्छ नत्र अलैँची कुहिन सक्छ।
सुकाउने :
थुंगाबाट भर्खर निकालेको अलैँचीको फलमा ८० देखि ८५ प्रतिशत सम्म जलांश हुन्छ।अलैंची सुकाउनका लागि परम्परागत रूपमा निर्माण गरिएका भट्टी लगायत विभिन्न किसिमका सुधारिएका भट्टीहरू प्रयोगमा ल्याइन्छन्। तर, अलैंचीको गुणस्तर र बजार मूल्य अलैंची कसरी सुकाइएको हो भन्ने कुरामा निर्भर रहने, वा यसको आधारमा जाचिने भएकाले अलैंची सुकाउने प्रविधिका पक्षलाई गम्भीरता पूर्वक लिनुअति आवश्यक देखिन्छ। थोरै उत्पादन गर्ने कृषकले घाममा वा दाउरा बाल्नेचुल्होको माथि बनाइएको भारमा सुकाउने प्रचलन छ। त्यस्तै, स्थानीय भट्टीमा सुकाउने चलन वर्षौदेखि प्रचलनमा भए तापनि आजकाल विभिन्न प्रकारका उन्नतभट्टीहरू, जस्तै : डबल ड्रम, रकेट स्टोभ, ग्यासीफायर आदिको पनि प्रयोग हुनथालेको छ। स्थानीय भट्टीमा अलैंची सुकाउदा अलैंचीका दाना सिधै धुँवाको सम्पर्कमा आएर सुक्ने भएकाले दाना कालो हुने, धुँवाको गन्ध आउने र अलैंचीमा नहुनुपर्ने रसायनहरूमा कमी हुने जस्ता कारणले उत्पादनको गुणस्तर ह्रास आई बजारमूल्य पनि कम हुने गरेको स्थानीय व्यापारीहरू बताउछन्। उन्नत भट्टीहरूमा सुकाउदा अलैंचीको गुणस्तर राम्रो हुने भए तापनि विभिन्न कारणले यसको प्रयोगमा व्यापकता आउन सकेको छैन। उन्नत भट्टीको प्रयोग गर्न कृषकहरू तत्पर देखिंदैनन्। अलैंची सुकाउने उपयुक्त तापक्रम ४५ देखि ५५ डिग्री सेन्टिग्रेड हो। यो तापक्रममा अलैंची सुकाई पानीको मात्रा ८० % बाट घटाएर १० % देखि १२ % मा आएपछि अलैंची चलाउदा हल्लिएको भित्रका बीउको ‘खनखन’ को आवाजआउछ। बढी तापक्रममा अलैंची सुकाउदा यसमा भएका उड्ने तेल बीउबाट उडेर जान्छ साथै, दाना फुट्ने र डढ्ने भई गुणस्तरमा ह्रास आउछ भने कम तापक्रममा सुकाउदा ढुसीको विकास भई फल कुहिने समस्या हुन्छ। नेपालमा अलैँची ३ प्रकारले सुकाईन्छ, घाममा, भारमा, र भट्टीमा।
पुच्छर फाल्ने :
अलैँचीको फलको टुप्पामा हुने जिर्नालाई पुच्छर भनिन्छ। यसलाई फलबाट छुट्टाउन १-१ गरी कैचीको प्रयोगले काटीन्छ। यो बिधि बढि झंझटिलो हुनाले आजकल खस्रो चाल्नो (फलामको जाली) वा मान्द्रोमा दली पुच्छर हटाईन्छ।
ग्रेडिङ् :
अलैँचीलाई त्यसको आकार र गुणको आधारमा निश्चित मान र स्तर निर्धारण गर्न बिभिन्न तहमा छुट्टाउने प्रकृयालाई ग्रेडिङ् भनिन्छ। ग्रेडिङ् गर्दा अलैंची बाहेकका अन्य प्रदार्थ, जंगली अलैँची (चूरुम्फा), ढुंसी लागेको, साना आकारका टुटे फुटेका, बढि ध्वासो लागी कालो भएका, पुच्छर नफालेका अलैंची छुट्टाउनु पर्ने हुन्छ। यसरी सफा एकनासका ठुला, रोगकीरा रहित, पुच्छर फालेका अलैंची पहिलो ग्रेडमा राखिन्छ। अझ बिदेशमा यसको जलांस, बास्ना आउने तेल, आदीको समेत ग्रेडिङ्ग गरिएको हुन्छ। आकारको आधारमा ग्रेडीङ गर्नको लागि चाल्नो पाइन्छ, त्यसैको आधारमा ठूलो, मझौला र सानो खाले भनी छुट्याउन सकिन्छ।हामी कहां अलैँचीको राम्रो तथा नराम्रो ग्रेड छुट्याउने चलन छैन तर पनि सो कार्य गर्न सकेमा कृषकले राम्रो मुल्य पाउन सक्दछ। अलैँचीको राम्रो बजार ब्यबस्थापनको लागी ३ ग्रेडमा बाडिएको छ। एकदमै राम्रो ( ठुलो साइज, पुच्छर फालेको, राम्ररी पाकेको मौलीक गुण कायम भएको, राम्रो ( रंग भएको, पहिलो ग्रेड भन्दा कम गुणस्तरीय र चलन चल्ती( साला खाला सबै प्रकारको मिसीएको।
प्याकिङ्र र भण्डारण :
अलैँचीलाई ग्रेडिङ्ग गरिसकेपछि बोरा बन्दी गरिन्छ। बोरा बन्दी गर्नु अघि यस्को चिस्यानको मात्रा हेर्नु पर्दछ। यदी चिस्यान १०-१२ प्रतिशत भन्दा बढि भयो भने अलैँचीमा ढुंसी आउने डर हुन्छ । अलैँची प्याकीङ् गरिसके पछि लेबल अनिबार्य रुपले देखिने गरी टास्नु पर्छ। लेबलमा अलैँचीको परिमाण, उत्पादन थलो, पठाउनु पर्ने ठाउ, ग्रेडस्तर र प्याकिङकर्ता लगायत नेपाल सरकारले तोकेको लेबल विवरण अनिवार्य उल्लेख हुनु पर्दछ। उत्पादन पछि वस्तुलाई सुरक्षित भाडोमा बन्द गरी ढुवानी वा भण्डारणको लागि तयारी गर्नुलाई प्याकेजिङ भनिन्छ। साधारणतया अलैंची सुकाएर ग्रेडिङ गरिसकेपछिभित्रपट्टी प्लाष्टिक लेपन गरिएको जुटको बोरामा राख्नुपर्दछ। साधारण भण्डारणकोअवस्थामा पनि पोलिप्रोपाइलिन वा पोलिथिन प्लाष्टिक लेपन गरिएको बोरा वाझोलामा प्याकिड्ड गर्दा अलैंचीमा भएको चिस्यान घटने र यसमा भएको तेलको मात्रा नघट्ने एक अध्ययनले देखाएको छ।प्याकेजिङ्ग गर्दा सर्वप्रथम भट्टीमा सुकाइएका तातो अलैंचीका कोसालाई राम्ररी चिसो हुन दिनुपर्दछ। ग्रेडिङपश्चात् तत्काल माथि उल्लेखित प्लाष्टिक ल्यामिनेसन गरिएका ब्याग वा बोरामा राख्नुपर्दछ र राम्ररी सिल हुने गरी सिलाउनु पर्दछ। लामो समय भण्डारण गर्नुपर्ने भए यसरी प्याकेजिङ्ग गरिएका बोरा वा झोलाहरू भुइमा नराखी काठका फल्याकमा राखेर त्यसको माथी मिलाएर राख्नुपर्दछ। माटोको वा सिमेन्टको भुइमा राख्नाले सुकेको अलैंचीले बाहिरको चिस्यान सोंस्न सक्छ र अलैंचीको चिस्यान बढेर दानामा ढुसीको विकास हुने सम्भावना बढ्छ। अलैंची सुकाउदा दानामा १० % सम्मको चिस्यान कायम राख्न सके लामो समयसम्म भण्डारण गर्न सकिन्छ। भण्डारणमाअलैंचीको तौल घट्ने र कहिलेकाहि ढुसी र कीराहरूको आक्रमणले भण्डारणमा क्षतिहुने गरेको पाइन्छ। कीराहरूको लागि १३ % देखि १५ % को चिस्यान उपयुक्तहुने भएकोले बोरामा चिस्यान नपस्ने गरी राख्ने कुरामा ध्यान दिनु जरूरी हुन्छ।
क्रमश :