Kath khabar
सर्प मेला : जहाँ सर्प चढाईने गरिन्छ

                काठमाडौं, असोज २८। आजकल सहर बजारमा जुत्ता मेला, अटो मेला पनि लाग्दछ । तर के तपाईँले कहिल्यै सर्प मेला सुन्नु भएको छ ? विशेष चाडबाड वा तिथिमा मेला लाग्ने गर्दछ । तपाईँले पनि कुनै न कुनै मेला भर्नु भएको होला । मेलाका आआफ्नै विशेषता हुन्छ । कतै धार्मिक महत्त्व, कतै उत्सव वा अन्य ।

भारतको बिहारमा रहेको समस्तीपुरमा गण्डक नदी किनारमा सर्प मेला लाग्दछ । यहाँ विशेष गरी नाग पञ्चमीको दिनमा भव्य रुपमा सर्प मेला लाग्दछ ।

रोचक त के छ भने यस मेलामा सर्प बोकेर मन्दिर र नदी किनारमा जाने गरिन्छ । यति मात्र कहाँ हो र घाँटीमा सर्प बेरेर, मुखले सर्प च्यापेर समेत यहाँ चढाउने गरिन्छ । यहाँ सर्प चढाउँदा वा सर्प बोक्दा आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । यो मेला करिब ३ सय वर्षयता हरेक वर्ष मनाउँदै आइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update