काठमाडौं, असोज २८ । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
किष्ट अस्पतालले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले उहाँको अवस्था चिन्ताजनक रहेको जनाएको हो। उहाँलाई छातिमा निमोनियाको संक्रमण तथा पिसाबमा इन्फेक्सन देखिएकोले एन्टिबायोटिक दिईएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।
जोशीलाई लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ ।