Kath khabar
नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मी क्लबका १ खेलाडीको मृत्यु

 

                कास्की, असोज  ३०। नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ । विभिन्न प्रतियोगिता मध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्याोक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य गरी कुल २४ पदक प्राप्त गरेको हो । 

१ खेलाडीको ज्यान गयो :

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ खेलाडीको ज्यान गएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको छ । 

आज आइतवार पोखराको सराङकोटमा आकाशमा उडिरहेको अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पोखरा-१० अस्पताल चोकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चोकमा रहेको मेट्रो सिटी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update