Kath Khabar
सत्यमोहन जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा


                काठमाडौं, असोज ३१ । संस्कृतविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जोशीको निधनको शोकमा नेपाल अधिराज्यभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update